Logo

नेपाली चर्चित कलाकारका भाइ बहिनी, को कस्ता, कस्को कति जना !

आफूलाई मनपर्ने सेलिब्रेटीका व्यक्तिगत कुराहरु जान्न पाउँदा निकै खुसी लाग्छ । उनीहरुको सार्वजनिक साथै व्यवसायिक जीवन त उसको प्रशंसकले देखेकै हुन्छ । तर उनीहरुका पारिवारिक कुराबाट जानकार हुन सहज छैन ।

मिडियाले पनि उनीहरुको काममा बढी चासो राख्ने हुँदा सेलिब्रेटीको व्यक्तिगत जीवनका कुराहरु कतिलाई थाहा हुँदैन । उनीहरुको कोसँग अफेयर छ जस्ता खबरहरु मात्रै मिडियामा आउँछन् । तर यहाँ केही सेलिब्रेटीका भाइबहिनी को कति छन् खोजी गरिएको छ ।

संचिता लुईंटेल : अभिनेत्री संचिता लुँईटेल ५० र ६० को दशककी सफल अभिनेत्री हुन् । त्यस समय उनले अभिनय गरेका प्राय सिनेमाहरु सफल हुन्थे । करिअर राम्रोसँग उकालो लागेको समयमा संचिता आफैले करिअरमा ब्रेक लगाइन् । सँगै काम गर्दागर्दै प्रेम परेपछि उनले नायक निखिल उप्रेतीसँग विवाह गरिन् र सिनेमाबाट केही समय ब्रेक लिइन् ।

दुई सन्तानकी आमा बनिसकेपछि उनी फेरि सिनेमामा फर्किइन् । आधा दशकमा उनी फर्किँदा पनि उनको स्टार क्रेज झण्डै उस्तै देखियो । उनको कमब्याकलाई दर्शकले रुचाएको देख्दा उनी नहुँदा नेपाली सिने उद्योगमा उनको अभाव खड्कीएको महसुस धेरैलाई भयो । संचिताले सिनेमा नाई नभन्नु ल ३ बाट कमब्याक गरेकी हुन् । तर उनको मुख्य भूमिका रहेको सिनेमा भने राधा हो । राधामा राधाको भूमिका निभाएकी संचिताले सिनेमाबाट खुबै प्रशंसा बटुलिन् ।

संचिताको सिने करिअरबारे त धेरैलाई थाहा छ तर उनको पाविारिक पृष्ठभूमि भने धेरै कमलाई मात्रै थाहा छ । उनी परिवारको जेठो सन्तान हुन् । उनका बुवाआमा दुवैजना टेलिकममा कार्यरत थिए । हाल भने अवकास पाइसकेका छन् । उनका दुई जना बहिनीहरु छन् । उनकी माइली बहिनी समिताको विवाह भएर पनि एक सन्तान भइसकेको छ भने उनकी कान्छी बहिनी सिवानीको विवाह भएको छैन ।

प्रियंका कार्की : नायिका प्रियंका कार्कीलाई राम्रो खानदानकी ट्यालेन्टेड अनि व्यवसायिक अभिनेत्री भनेर पनि धेरैले चिन्ने गरेका छन् । प्रियंका मल्होत्रा खानदानसँग पनि जोडीएकी छिन् । उनी मल्होत्रा खानदानकी भान्जी हुन् । प्रियंका कार्की घरकी एक्ली जेठी छोरी हुन् । उनको एक जना भाई छन् ( प्रणव कार्की । प्रियंकाका भाइ प्रणव हाल अमेरिकामा छन् । भाइको अमेरिकाको बसाईलाई सम्झदै प्रियंका भन्छिन्, ‘माया त जति टाढा भयो त्यति गाढा हुन्छ मेरो र भाइको सम्बन्ध पनि त्यस्तै हो । हामी एकअर्कालाई निकै माया गछौँ ।’

उनका भाइ अध्ययनको शिलशिलामा अमेरिका पुगेका हुन् । सिनेमामा आउनुभन्दा पहिले प्रियंकाकाले पनि अमेरिकामा अध्ययन गरेर आइसकेकी छिन् । अहिले पनि प्रियंकाका लागि अमेरिका पानी पँधेरो जस्तै बनेको छ ।

शिल्पा पोख्रेल : निर्माता छवि ओझासँग नाम जोडिएका कारण शिल्पाले पाउनु पर्ने जति सम्मान पाएकी छैनन् । किनकी आफ्नो पिताको उमेरको व्यक्तिसँग विवाह र प्रेमको कुरा आईरहँदा उनलाई उनको फ्यानहरुले हेर्ने दृष्टिकोण नै नकारात्मक छ । तर पनि उनी यस्ता कुराहरुलाई सजिलै पचाउँदै अघि बढिरहेकी छिन् । घरको जेठो सन्तान भएका कारण पनि केही जिम्मेवारी उनले बहन गर्नु परेको छ । सिरियल, मोडल र अभिनेत्री हुँदै उनी सिनेमा हिफाजत २ बाट निर्मात्री पनि बन्न लागेकी छिन् । शिल्पाकी एक जना बहिनी छिन् सोनीया । उनी हाल अध्ययनरत छिन् ।

आर्यन सिग्देल : अभिनेता आर्यन सिग्देल पनि घरका जेठो सन्तान हुन् । सिनेमामा चकलेटी र सबैको मनपर्ने अभिनेताको रुपमा स्थापित उनकी एकजना बहिनी छिन् यशोदा । आर्यनकी बहिनीको विवाह भएकै दशक नाघिसकेको छ । एक छोरा र एक छोरीकी आमा बनेकी उनकी बहिनी हाल अष्ट्रेलियामा छिन् । यशोदाको पूरा परिवार नै अष्ट्रेलियामा बसोबास गर्छ ।

अनमोल केसी : अनमोल केसीलाई धेरैले भुवन केसीको एक्लो सन्तानका रुपमा लिन्छन् । तर अनमोल एक्लो सन्तान हैनन् । अनमोल आमा सुष्मिताका लागि भने एक्लो सन्तान हुन् । भुवन भने तीन छोराछोरीका पिता हुन् । भुवनकी जेठी श्रीमती विजयाबाट जन्मेका दुई सन्तान हाल अमेरिकामा छन् । भुवन र विजयाको दुई सन्तान छन्, छोरी काजल र छोरा विवेक । केही समय अघि मात्रै अनमोल र भुवनले काजललाई अमेरिकामा सम्पन्न एक अवार्ड कार्यक्रममा भेटेका थिए । भुवनले छोरीको कार्यक्रम प्रस्तुत गर्ने शैलीको तारिफ गरेको कुराले पनि मिडिया तताएको थियो ।

बर्षा राउत : हरेक कुरामा अरुको ध्यान आफूतिरै आओस् भन्ने चाहने नायिका हुन् बर्षा राउत । उनलाई पछिल्लो समयमा सिनेमा छक्का पञ्जा र जात्राले निकै चर्चित बनाएको छ । यसका साथै उनी प्रेमी सार्वजनिक गरेर पनि चर्चामा आएकी छिन् । हाल उनले आफ्नो स्टारक्रेज राम्रो बनाएकी छिन् ।

बर्षा घरकी एक्ली छोरी हुन् । तर उनी छोरीमा मात्रै एक्ली हुन् । उनका जुम्ल्याहा भाइ छन्– सफल र कुशल । बर्षा बेलाबखतमा आफू जाने कार्यक्रमहरुमा भाइहरुलाई साथमा लाने गर्छिन् । उमेरले सानै भएपनि उनको लागि भाइहरु साथी बनेका छन् ।

केकी अधिकारी : निर्देशक बद्री अधिकारीकी छोरी नायिका केकी अधिकारी धेरै पढेको, शालिन अभिनेत्रीको रुपमा चिनिन्छिन् । सफल नभएपनि काम पाउने अभिनेत्रीको सूचिमा पनि उनी छिन् । पछिल्लो समयमा उनले अभिनय गरेका सिनेमाले त्यति राम्रो ब्यापार नगरे पनि निर्माता र निर्देशकहरु उनलाई आफ्नो सिनेमामा लिन तत्पर नै हुन्छन् ।

सिनेमा स्वरबाट सिनेमामा ब्रेक लिएकी उनलाई आई एम सरीले अभिनेत्रीको परिचय दिलाएको हो । त्यसपछि केकीले एक दर्जन भन्दा धेरै सिनेमामा काम गरिसकेकी छिन् । केकी घरको जेठो सन्तान हुन् । उनका एक जना भाइ छन् बिम्ब अधिकारी । बिम्ब हाल ब्याचलर सकाएर मास्टर्सको तयारीमा छन् । उनी थिएटर अभिनयमा पनि लागेका छन् । केकी र बिम्बमा साढे दुई वर्षको फरक छ ।

सुरवीना कार्की : हट एण्ड सेक्सी नायिकाको परिचय बनाएकी अभिनेत्री सुरवीना कार्की दुई जना बहिनीहरु र एक भाइकी दिदी हुन् । उनी परिवारकी जेठो सन्तान हुन् । उनका सबै जना भाइबहिनीहरु अहिले विद्यालय स्तरको अध्ययन गरिरहेका छन् । सुरवीनाका बुवा पार्टीमा कार्यरत छन् अर्थात उनी राजनेता हुन् । त्यस्तै उनकी आमा पहिले शिक्षिका थिईन् अहिले अवकास प्राप्त गेरी ब्यापारमा संलग्न छिन् ।

निता ढुङ्गाना : आफ्ना भाइ बहिनी र दिदीहरुको कुरा गर्दा निता भन्छिन्, ‘मेरो बाबा आमाले ठ्याक्कै आधा दर्जन छोराछोरी जन्माउनु भएको छ । म चाहि छोरीमा कान्छी हुँ ।’ उनीहरुका चार दिदी बहिनी र दुई दाजु भाइ छन् । उनका एक जना दाई र एक भाई छन् । निताका सबै जना दिदीहरु र दाइको विवाह भइसकेको छ । निताका दाइ दिदीहरु व्यापारमा संलग्न छन् । यसकारण उनी पनि भविष्यमा व्यापारमा लाग्ने सोचका साथ अघि बढिरहेकी छिन् । निताका भाइ पवन भने अहिले अध्ययनरत छन् ।

स्वस्तीमा खड्का : नायिका स्वस्तीमा खड्का दुब्ली भएर पनि धेरै सुन्दर हुने अभिनेत्रीको रुपमा चिनिएकी छिन् । स्वस्तीमा सामाजिक सञ्जालमा धेरै ट्रोल हुने सेलिब्रेटीमा पनि पर्छिन् । सामाजिक सञ्जालमा उनका फ्यान फलोअर्सहरु लाखौँको सङख्यामा छन् । मोडलिङ र सिनेमा होस्टेल रिटन्र्सले पहिले नै चर्चामा रहेकी उनी विवाह पछि झनै चर्चामा आईन् ।

निर्देशक, निर्माता तथा अभिनेता निश्चल बस्नेतसँग स्वस्तीमाको विवाह भएको एक वर्ष पुग्न आँटेको छ । स्वस्तीमा घरकी एक्लो बुहारी र छोरी हुन् ।

तर उनका एक जना दाइ र एक जना भाइ भने छन् । उनका दाइ हाल दिल्लीमा सि ए अध्ययन गरिरहेका छन् भने उनका भाइ नेपालमै छन् । स्रोत : उज्ज्यालो अनलाइन

प्रतिक्रिया दिनुहोस्