Logo

होटलको रुममा छापा मार्दा…?

काठमाडौं १० जेष्ठ । होटलमा कोठा लिएर बसेका युवाबाट अटोमेटीक पेस्तोर गोलीसहित प्रहरीले पक्राउ गरेको छ।    बिरगंज उपमहानगरपालिका–१९ बस्ने ३० वर्षीय सुरज कुमार सोनारलाई १ थान अटोमेटीक पेस्तोल र सो को ४ राउण्ड गोलीसहित शनिबार प्रहरीले पक्राउ गरेको हो।

जनकपुर उपमहानगरपालिका–६ अस्पताल चोक स्थित अप्सरा लजको कोठा नम्बर १ सय ७ मा बिशेष सुराकीको आधारमा प्रहरीले खानतलासीका लागि छापा मार्दा सोनारको साथबाट उक्त पेस्तोल बरामद भएको हो। उक्त कोठामा सँगै बसेका धनुषा गणेशमान चारनाथ नगरपालिका–१० बरमझिया बस्ने २० वर्षीय अजय कुमार यादव र मिथिला बिहारी गाउँपालिका–५ बस्ने २७ वर्षीय उपेन्द्रकुमार साहलाई समेत नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्