Logo

निर्वाचनमा चुनिएपछि फोहोर उठाउन थाले जनप्रतिनिधिले

११ जेठ काठमाडौं- एक महिनादेखि खलंगा बजारमा थुप्रिएको फोहोर बुधबार जनप्रतिनिधिले उठाएका छन्। चन्दननाथ नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य सबै नागरसफाईमा उत्रिएका हुन्। बजार क्षेत्रको फोहोर उठाउने जिम्मेवारी लिएको चन्दननाथ नगरपालिकाले विगत एक महिनादेखि फोहोर नउठाउादा खलंगा बजार निकै दुर्गन्धित बनेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ। 

प्रतिक्रिया दिनुहोस्