Logo

रंगेहात पक्राउ जिल्ला शिक्षा अधिकारी र इन्जिनियर

११ जेठ, काठमाडौं । जिल्ला शिक्षा कार्यालय पर्साका शिक्षा अधिकारी केदार तिवारी र ईन्जिनियर नवलकिशोर देव सेवाग्राहीसंग घुस लिदै गर्दा अख्तियारको टोलि काठमाडौँले पक्राऊ गरेका छन् । नव निर्मित विद्यालय भवणको बिल स्विकृतका लागी ७० हजार रुपैयाँ घुस लिदै गर्दा दुबै जना पक्राऊ गरेका छन् ।
पकहा मैनपुर गाऊँपालिकामा पर्ने श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मैनपुरको नव निर्मित ३ तल्ले भवन निर्माणको बिल स्वकृत गराउनका लागी पुगेका विद्यालयका शिक्षकहरुसंग जिशिअ केदार तिवारीले ५० हजार र इन्जिनियर नवलकिशोर देवले २० हजार रुपैयाँ घुस लिदै गर्दा पक्राऊ परेका छन् ।

३ तल्ले भवण निर्माणका लागी आर्थिक वर्ष २०७३ सालमा जिल्ला शिक्षा कार्यलय पर्साले १९ लाख ५० हजार रुपैयाँ बजेट पठाएको थियो । भवण निर्माण भईसकेपछी पनि फर्छयौट्का लागी बारम्बार आउने गरेको तर फर्छयौट नगरेर रकम लेनदेनको कुरा गरेपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँमा निवेदन दिएको अधारमा उनिहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्