Logo

वीरगंजमा स्कुल बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु

११ जेठ, काठमाडौं । वीरगंजको माईस्थन अगाडी स्कुलबसको ठक्करले एक विद्यार्थीको मृत्यु भएको छ । विहान स्कुल समयमा बाटो काट्दै गर्दा कादम्बरी एकेडेमीको ना २ ख ८९३ नम्बरको बसले ठक्कर दिदाँ डिल्ली पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययनरत दिया अग्रवालको मृत्यु भएको हो ।
घट्ना लग्तै आक्रोशित स्थानियवासी र अफन्तजनले बसमा ढुङ्गा मुढा गरेका थिए । भने प्रहरी र चालक विरुद्ध नाराबाजी समेत गरेका थिए । बसले ठक्कर दिदाँ लडेकी दियालाई चालकले बस ब्याक गरेर किचेको प्रत्यक्षदर्शीहरुको आरोप छ ।

यससंगै चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको भन्दै घटनास्थलबाट ठक्कर दिएका चालकलाई जिल्ला प्रहरी कार्यालय पर्सामा लैजाने बेला स्थानियवासी र प्रहरीविच झडप भएको थियो । झडपमा परी २ जना समान्य घाईते भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीको सहयोगमा बस र चालकलाई जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा राखेको छ । यता घटनाको निन्दा गर्दै नेपाल विद्यार्थी संघले आज र भोलि पर्सा जिल्लाको सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्