Logo

नेपाल र भारतबिचको सीमाना फेरि बन्द हुने

काठमाडौँ,१३ जेठ – दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै शुक्रबार दुई देशका सुरक्षा प्रमुखबीच छलफल भएको छ।जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजनामा बसेको बैठकमा निर्वाचनलाई लक्षित गरी नेपाल-भारत सीमा नाका ४८ घन्टा सिल गरिने निर्णय भएको हो। नेपाल र भारतका सुरक्षा अधिकारीको नेपालगन्जमा बसेको बैठकले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्ने गरी जमुनाह नाका ४८ घन्टा सिल गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए।
बैठकमा मानव बेचबिखनका विरुद्धमा पनि दुवै देशले मिलेर विशेष काम गर्ने निर्णय भएको छ। बैठकमा अवैध भारुको प्रयोग हुन सक्नेतर्फ भारतीय पक्षले कुरा उठाएका थिए भने त्यस विषयमा पनि नेपालले सहयोग गर्ने भनि प्रतिबद्धता गरेको थियो। बैठकमा नेपालकातर्फबाट बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थसँगै बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णु थापा, दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्ले, भारत बहराइचका डिएम अजयदीप सिंह र श्राबस्ती जिल्लाका डिएम दीपक, मीनालगायत नेपाल–भारतका उच्च सुरक्षा निकायका अधिकारीको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्