Logo

गोमा एयरको जाहज दुर्घटना, पाइलटसहित विमानमा रहेका तीनै जनाको उद्धार …(तस्विर सहित)

काठमाडौं, १३ जेठ । तेन्जीङ हेलारी विमानस्थल लुक्लामा गोमा एयरको जाहज दुर्घटना भएको छ । १ बजेर २९ मिनेटमा काठमाडौंबाट उडान भरेको गोमा एयरको कार्गो बिमान सोलुखुम्बुको लुक्लामा विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।

नाइनएनएकेवाइ कलसाइन नम्बरको बिमान २ बजेर ५ मिनेट जाँदा दुर्घटना भएको हो ।

विमान खराब मौसमका कारण दुर्घटना बताइएको छ । विमान धावन मार्गभन्दा तल भिरालो मागमा खसेको छ । विमान खाँचमा अड्किएको बताइएको छ ।  विमानको ककपिट भाँचिएको छ ।

कार्गो विमान भएकाले चालक दलका सदस्य मात्रै विमानमा रहेका थिए । अहिले क्याप्टेन क्याप्टन पारस राई, को पाइटल सिर्जन मानन्धर र एअर होस्टेज पज्ञा महर्जनलाई उद्धार गरी उपचारका लागि पासङलामु हस्पिटलमा लगिएको छ ।

चेक गणतन्त्रमा निर्मित यो विमान गोमा एयर सन् २०१६ को डिसेम्बरमा खरिद गरेको थियो । करिब ५ महिना उडान भरेको यो विमान खराब मौसमका कारण दुर्घटना परेको हो ।  यो विमानको यात्रु र कार्गो गरी १ हजार ८ सय किलोग्राम बोक्ने क्षमता छ ।

 

यो विमानस्थलको धावन मार्ग मात्रै ५७० मिटर छ । यो संसारकै जोखिम पूर्ण विमानस्थल पनि हो । यो विमास्थलमा अहिलेसम्म साना ठूला गरी ९ वटा दुर्घटना भएका छन् । विमास्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले विमान के कारणले दुर्घटना भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

 

मौसम खराब भएका कारण घाइतेहरुलाई तत्कालै काठमाडौं ल्याउने अवस्था ल्याउने अवस्था नभएको ठाकुरले जानकारी दिए । मौसममा सुधार हुने वित्तिकै हेलिकप्टरबाट काठमाडौं ल्याइने उनले जानकारी दिए । मिडिया एन पी बाट 

 

प्रतिक्रिया दिनुहोस्