Logo

गोमा एयरका पाइलट पारसकुमार राईको निधन

१३ जेठ,काठमाडौँ- तेन्जिङ हिलारी लुक्ला विमानस्थलमा दुर्घटनाग्रस्त गोमा एयरका पाइलट पारसकुमार राईकाे निधन भएको छ । त्यस्तै सहायक पाइलट सिर्जन मानन्धरको अवस्था पनि गम्भीर छ। केहीबेर अगाडि घाइते महर्जनलाई लिएर काठमाडौं उडान भरेको डाइनेस्ट एयरको नाइन एन एजेडी हेलिकोप्टर खराब माैसमकाे कारण सोलुखुम्बुको चौरीखर्कमा अवतरण गरिएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डन प्राधिकरण कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार को पाइलट मानन्धरको यतिबेला लुक्ला अस्पतालमा उपचार भइराखेको छ।

प्रतिक्रिया दिनुहोस्