Logo

दुर्घटनामा विमान,- एयर होस्टेस प्रज्ञा महर्जनलाई काठमाडौं ल्याउने प्रयास जारी

सोलखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटनामा परेको विमान नाइन एन एके वाइ कल साइन र एलइटी ४१० फ्लाइट नम्बरको कार्गोका सहचालक श्रीजन मानन्धर अवस्था गम्भीर छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट पारसकुमार राईको निधन भइसकेको छ भने एयरमा सवार एयर होस्टेस प्रज्ञा महर्जनलाई मौसम प्रतिकुलताका कारण काठमाडौं ल्याउन सकिएको छैन्।

केहीबेर अगाडि घाइते महर्जनलाई लिएर काठमाडौं उडान भरेको डाइनेस्ट एयरको नाइन एन एजेडी हेलिकोप्टर सोलुखुम्बुको चौरीखर्कमा अवतरण गरेको छ । विमान धावनमार्गबाट केही तल खसेको र अगाडिको भागमा क्षति पुगेकाले चालकको उद्दारमा कठिनाई भएको थियो ।

दुर्घटनामा परेका विमानमा आगलागी नभएकाले ठूलो क्षति हुन पाएन । मौसममा सुधार आउनासाथ थप उपचारका लागि उनीहरुलाई काठमाडौँ ल्याइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्