Logo

बलात्कार गरेको अभियोगमा माउन्टेन टि.भि.का पत्रकार केदार कोइराला पक्राउ

१३ जेठ, काठमाडौं – बालिका बलात्कार गरेको अभियोगमा माउन्टेन टि.भि.का पत्रकार केदार कोइरालालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै घरमा काम गरी बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती  गरेको अभियोग लागेको हो । ४५ वर्षीय कोइराला माउन्टेन टिभिमा अफ द विट कार्यक्रम संचालक हुन् । पीडित बालिकाले आफुलाई  विगत तिन  वर्षदेखि पटक-पटक जबरजस्ती बलात्कार गर्ने गरेको प्रहरीसामु बताएकी छन् । बालिकाले आफ्ना नातेदार र सिविन नामक संस्था मार्फत महानगरीय प्रहरी बृत्त बानेश्वरमा उजुरी गरेकी थिइन् । उक्त उजुरीको आधारमा  प्रहरीले कोइरालालाई उनकै घरबाट नियन्त्रणमा लिएको हो । यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्