Logo

गस्तीमा रहेका सैनिकको आफैंले बोकेको बन्दुक पड्‍‌किएर मृत्यु

दाङमा गस्तीमा हिँडेका नेपाली सेनाले बोकेको हतियारबाट गोली चल्दा एक जना नेपाली सेनाको मृत्यु भएको छ। रिपुमर्दन गण घोराही दाङमा कार्यरत नेपाली सेनाका अमल्दार किशन थापाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए।

सेनाको गाडीमा गढवा गाउँपालिको निर्वाचनको सुरक्षाका लागि गस्ती जाँदै गर्दा आफैँले समातेको हतियार पड्किएर छातीमा गोली लागेको र उनको उपचारको क्रममा मृत्यु भएको प्रमुख सिंहले जानकारी दिए। आफैंले बोकेको हतियारबाट गोली चल्दा थापालाई गोली लागेको हो। घाइते थापाको उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा ल्याइएको भए पनि उपचारको क्रमको उनको मृत्यु भएकोे प्रहरी प्रमुख सिंहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्