Logo

Breaking :-नेपाली सेनाको जाहज दुर्घटनाः पाइलटको निधन

काठमाडौं, १६ जेठ । नेपाली सेनाको विमान दुर्घटना भएको छ । सेनाको कार्गो विमान (स्काई ट्रक) बाजुराको कोल्टी विमानस्थलमा अवरतणका क्रममा दुर्घटना भएको हो । मध्यान्न १२ः०५ बजे विमान दुर्घटना भएको हो । दुर्घटनामा परेको जाहजको कल साइन NA ०४८ रहेको बताइएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेका अनुसार सुर्खेतबाट खाद्यान्न बोकेर हुम्ला जान लागेको सो स्काइ ट्रक मौसम खराब भएपछि बाजुराको कोल्टीमा डाइभर्ट भएको थियो ।

कोल्टी विमानस्थलमा अवतरणका क्रममा जहाज चिप्लिएर खेतमा पुगेको थियो। खेतमा पुगेको स्काइ ट्रकको इन्जिनमा अागलागी विमान रहेका २ जनाको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । दुर्घटनामा पाइलट गम्भीर घाइते भएका पाइलटको निधन भएको छ ,र सुर्खेतबाट हुम्लातर्फ जान लागेको विमानमा ३ जना रहेको नेपाली सेनाले जनाएको छ । क्षतीको विवरण भने आएको छैन ।

प्रतिक्रिया दिनुहोस्