Logo

चलचित्र ‘बाहुबली–२’ हेर्न पूर्व राजपरिवार हलमा

भारतमा एकपछि अर्को बक्सअफिस रेकर्ड ब्रेक गर्दै सर्वकालिन कमाइ गर्ने फिल्मको रेकर्ड बनाउने दिशामा बढिरहेको ‘बाहुबली: द कन्क्लुजन’ले चौतर्फी तारिफ बटुलिरहेको छ । कटप्पाले बाहुबालीलाई किन मार्‍यो ? यो कौतुहलतालाई धेरैले ‘बाहुबली–२’ हेरेर मेटाइसकेका छन् । चलचित्रको क्रेजले नेपालको पूर्वराजपरिवारलाई समेत हलसम्म तानेको छ । शुक्रबार साँझ ५:३० बजे काठमाण्डौंको सुन्धरास्थित सिटिसी मलमा पूर्वराजपरिवारका सदस्य समेत ‘बाहुबली–२’ हेर्न पुगे ।

चलचित्रले नेपालमा पनि आक्रामक व्यापार गरिरहेको छ । दोस्रो सातामा आइपुग्दा पनि चलचित्र हेर्ने हलहरूमा दर्शकको चाप कायमै छ ।

प्रतिक्रिया दिनुहोस्