Logo

‘काले दाइ’ लाई १ करोड पटक भन्दा बढी हेरियो

जेठ १२ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘पर्व’ मा समावेश ‘काले दाई,काले दाई’ बोलको गीत युट्य्वमा १ करोड पटक हेरिएको छ । अपलोड गरिएको छोटो समय करिब ५ महिनामा यो गीतको भिडियोलाई युट्युवमा १ करोड भन्दा बढी पल्ट हेरिएको छ । कोशिस क्षेत्रीको संगीत रहेको गीतमा निश्चल बस्नेत र मिना निरौलाको स्वर छ भने शब्द निर्देशक दिनेश राउतले लेखेका छन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको ‘काले दाई,काले दाई’ बोलको भिडियोमा निश्चल र माला लिम्बुको आइटम डान्स रहेको छ ।चलचित्रमा नम्रता श्रेष्ठ र कोशिस क्षेत्रीको मुख्य भूमिका रहेको छ भने चलचित्र ‘पर्व’ लाई सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएका हुन् ।

सिनेम्याटोग्राफर राजेश श्रेष्ठ हुन् । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । नम्रता र कोशिसको साथमा अन्य कलाकार माला लिम्बु र जेबिका कार्कीको मुख्य भूमिका छ । हेर्नुस भिडियो..

प्रतिक्रिया दिनुहोस्