Logo

‘जिन्दगानी तिमि’ बोलको गीतमा कोशिश र नम्रता रोमान्स

जेठ १२ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘पर्व’ को नयाँ गीत सार्वजनिक भएको छ । केतन क्षेत्रीको आवाजमा रहेको ‘जिन्दगानी तिमि’ बोलको गीत  सार्वजनिक गरिएको हो । यस गीतमा कोशिस क्षेत्रीको शब्द र संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

सार्वजनिक गीतमा कोशिश क्षेत्री र नम्रता श्रेष्ठ रोमान्स  देखिन सकिन्छ । चलचित्रमा कोशिस क्षेत्री, नम्रता श्रेष्ठ, माला लिम्बु, जेबिका कार्की लगायतका अन्य कलाकारको अभिनय रहेको छ । दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रमा निकिता निकिता पौडेल  र सुबास गिरीको लगानी रहेको छ। यस चलचित्रमा कोशिस क्षेत्रीकै कथा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्