Logo

चिना हराएको मान्छे को अर्को पुस्तक हरीबहादुर प्रकाशन…(हेर्नुस् भिडियो)

चिना हराएको मान्छे प्रकाशन गरेर लेखनमा पनि अब्बल मानिएका चर्चित हास्यकलाकार हरिवंश आचार्यले अर्को पुस्तक हरीबहादुर प्रकाशन गरेका छन् ।

हरीवंशकोे यो पुस्तकको विमोचन नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा शनिवार अर्का चर्चित हाँस्यकलाकार हरीबहादुरको जोडी मदनबहादुर अर्थात मदनकृष्ण श्रेष्ठले गरे । चिना हराएको मान्छे’ आत्मबृतान्तबाट लेखन यात्रामा छिरेका हरिवंश आचार्य हरिबहादुरबाट उपन्यास लेखनको यात्रामा पनि लागेका छन् ।

उनको यो पुस्तकमा गाउँबाट शहर आएको एक गाउँले ठिटोको कथा कहानी समेटिएको छ । ती पात्रको क्रियाकलाप व्यक्तिगत भएर पनि राजनितिक र सामाजिक कथा बोकिएका छन् ।

फाइन प्रिन्टले बजारमा ल्याएको यो पुस्तकको मुल्य ३ सय ९८ रुपैँया रहेको छ । हास्य र व्यङ्य समेत राखिएको यो पुस्तकले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका प्रहसनले दिने मनोरञ्जन दिने दावी गरिएको छ ।

यो पुस्तकको किताव यात्रा समेत गरिने भएको छ । हरिबहादुर किताव यात्रा नाम दिइएको यो यात्रा चितवन, पोखरा, बुटवल, दाङ्ग, कोहलपुर, सुर्खेत, धनगढी, बिर्तामोड, बिराटनगर, धरान र सिन्धुलीमा गरिने छ ।

प्रतिक्रिया दिनुहोस्