Logo

खगेन्द्र लामिछानेको ‘धनपति’ को फस्टलुक रिलिज

दीपेन्द्र के. खनाल निर्देशित चलचित्र “धनपति” को फस्ट लुक रिलिज गरिएको छ । खगेन्द्र लामिछाने र सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्रको फस्टलुक निर्देशक दीपेन्द्र के. खनालले फेसबुक मार्फत सार्वजनिक गरेका हुन् ।

चलचित्रको फस्टलुकमा खगेन्द्रले सुरक्षालाई साइकलमा हालेर दौडाउँदै गरेको झलकमा देख्न सकिन्छ । चलचित्रका लेखक समेत स्वयम अभिनेता खगेन्द्र हुन् । चलचित्र असार २३ गते रिलिज हुने निर्माण टिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्