Logo

धुर्मुस सुन्तलीद्धारा चौथो परियोजना निर्माणको घोषणा…,धुर्मुस–सुन्तलीको चौथो परियोजना यस्तो

धुर्मुस–सुन्तलीले चौथो परियोजना निर्माणको घोषणा गरेका छन् । महाभुकम्पपछि लगातार सामाजिक कार्यमा सक्रिय धुर्मुस सुन्तली फाउन्डेसनले जापानबाट चौथो परियोजना निर्माणको घोषणा गरेका हुन् । तीनवटा बस्ती बसाइसकेका यी जोडीले चौथो परियोजनाको रुपमा पुरै नेपाल देखिने पर्यटकीय स्थल बनाउने घोषणा गरेका हुन् । जापानमा भएको एक कार्यक्रममा बोल्दै धुर्मुसले कुन ठाउँमा निर्माण गर्ने भन्ने घोषण नभएपनि सबै जाति, भाष तथा संस्कृतिका मानिसहरुको प्रतिनिधित्व गर्ने उनले बताए । यी जोडिले काभ्रेको डाँडा गाउँमा पहरी बस्ती, सिन्धुपाल्चोकको गिरान्चौरमा गिरान्चौर एकिकृत नमुना बस्ती र महोत्तरीको बर्दिवास २ मा एकिकृत नमुना मुसहर बस्ती निर्माण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्