Logo

सुुन्दै जिब्रो टोक्नुहुन्छ विश्वकप फुटबलको पुरस्कार रकम सुनेर, खेल्नेदेखि जित्ने टिमले कति पाउँछन् पैसा ?

काठमाडौं, १९ जेठ । विश्वकप आउन दुई साता मात्र बाँकी हुदा विश्वकप जित्ने टिमले कति पुरस्कार पाउला भन्ने कौतुहलता हुनु स्वाभाविकै हो । फुटवलको अन्तर्राष्ट्रिय महासंघ (फिफा)ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशीमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी चालीस करोड अमेरिकी डलर अर्थात् लगभग ४३ अर्ब २० करोड नेपाली रुपैयाँ बनाएको छ ।
ब्राजिलमा भएको विश्वकपमा ३५८ मिलियन अमेरिकी डलर अर्थात् ३८ अर्ब ६६ करोडको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले ३५ मिलियन अर्थात् ३ अर्ब ७८ करोड पुरस्कार लगेको थियो । त्यसैगरी उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले २५ मिलियन २ अर्ब ७० करोड पाएको थियो । विश्वकप फुटबलको ‘ग्रुप स्टेज’मा पुग्नै नसक्ने सहभागी समूहले पनि समेत ८० लाख डलर अर्थात् ८६ करोड ४० लाख रकम पाएका थिए ।

यस विश्वकपमा ४ सय मिलियन अमेरिकी डलर अर्थात लगभग ४३ अर्ब २० करोड नेपाली रुपैयाँ पुरस्कारको रुपमा फिफाले वितरण गर्ने छ । जसमा विश्वकपमा भाग लिएका टिमले कम्तिमा पनि ८ मिलियन डलर अर्थात ८६ करोड ४० लाख नेपाली रुपैयाँ रकम पाउने छन् ।

त्यस्तै विश्वकपको समुह चरण पार गरेर अन्तिम १६ मा पुग्ने टिमले १२ मिलियन अमेरिकी डलर अर्थात एक अर्ब २९ करोड नेपाली रुपैयाँ रकम पाउने छन् । त्यस्तै अन्तिम १६ बाट क्वाटरफाइनलमा पुग्ने टिमले थप ४ मिलियन थप गरि १६ मिलियन डलर अर्थात् एक अर्ब ७२ करोड नेपाली रुपैयाँ पाउने छन् ।

त्यसैगरि सेमिफाइनलमा पुगेर फाइनल पुग्न अफसल भएका दुई टिममा ४६ मिलियन डलर बाडिने छ । जसमा तेस्रो स्थान हासिल गर्ने टिमले २४ मिलियन डलर अर्थात् २ अर्ब ५९ करोड नेपाली रुपैयाँ र चौथो हुनेले २२ मिलियन डलर अर्थात २ अर्ब ३७ करोड नेपाली रुपैया पाउने छन् ।

त्यस्तै फाइनलमा पुग्ने दुई टिमबीच कुल ६६ मिलियन डलर बाडिने छ । जसमा विश्वकपको उपाधि जित्ने टिमले ३८ मिलियन डलर अर्थात् ४ अर्ब १० करोड नेपाली रुपैयाँ र पराजित हुने टिमले २८ मिलियन डलर अर्थात् ३ अर्ब २ करोड नेपाली रकम पाउने भएका छन् । (अमेरिकी डलर १ बराबर १०८ नेपाली रुपियाँ )

प्रतिक्रिया दिनुहोस्