Logo

बलात्कृत युवती गर्भवती, दुई आरोपी पक्राउ

रुकुम पश्चिम, जेठ १७ – एक किशोरीलाई बलात्कार गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् ।

सानीभेरी गाउँपालिका–५, का १८ वर्षीय विशाल केसी र १८ वर्षीय धनसिंह बाँठालाई प्रहरीले पक्राउ गरेको हो ।
दुवै जनाले एउटै युवतीलाई पटक–पटक बलात्कार गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आरोपी विशाल केसीले ती युवती स्कुल जाने क्रममा सानीभेरी गाउँपालिका –५, डालापारी जंगलमा लगेर र धनसिंह बाँठाले आफ्नै मोबाइल पसलमा लगेर पटकपटक बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

२०७४ पुस ७ गते विशाल केसीले र २०७४ पुस १० गते धनसिंह बाँठाले ती युवतीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुंगानाले बताउनुभयो । प्रहरीका अनुसार ती युवती गर्भवती भएकी छिन् । पक्राउ परेका दुवै जनालाई जबरजस्ती करणी मुद्धा दर्ता गरी अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्