Logo

दृष्टीविहीन भएर के भो त ! लक्ष्मणप्रसादले गरे पीएचडी

गुल्मीका ४६ वर्षीय लक्ष्मणप्रसाद ज्ञवाली दृष्टिविहीन हुनुहुन्छ। तर, दृष्टिविहीन भए पनि उहाँलाई केही फरक परेन ।

दृष्टि हुनेहरूले जस्तै उल्लेखनीय काम गरेर नेपालको शैक्षिक इतिहासमा आफ्नो नाम लेखाउन सफल हुनुभएको छ उहाँ ।

त्यो हो उहाँले प्राप्त गर्नुभएको फिलोसफी अन डक्टर्स (पीएचडी) उपाधि ।

त्रिभुवन विश्वविद्यालयको ४३औं दीक्षान्त समारोहका अवसरमा आइतबार आयोजित कार्यक्रम निकै खुसी देखिनुहुन्थ्यो ज्ञवाली ।, आजको नेपाल समाचारपत्रमा यो खबर ईश्वरराज ढकालले लेखेका छन् ।, खुसीले गद्गद् मात्र होइन, पीएचडी पदवीले दीक्षित हुन पाउँदा हर्षविभोर नै हुनुहुन्थ्यो ।

उहाँले आफ्नी आमा, छोराछोरी र श्रीमतीलाई एकदमै ‘मिस’ गर्नुभयो। र, भन्नुभयो– ‘मेरो परिवारले सहयोग नगरेको भए डाक्टर हुन पाउँथिन होला, धन्य मेरो परिवार।

छोराछोरीको सहयोग साह्रै महत्त्वपूर्ण हुँदोरहेछ, श्रीमतीको योगदानको त कुरै नगरौं ।’

प्रतिक्रिया दिनुहोस्