Logo

साउदी जेलमा रहेका भुसालको जीवन रक्षाका लागि ब्लड मनी संकलन

झण्डै चार वर्षदेखि साउदीको जेलमा रहेका नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका– ४ मदनपुरका थानेश्वर भुसाललाई रिहाइको लागि ब्लड मनी संकलन शुरु गरिएको छ।

आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपरासीको पहलमा देशविदेशबाट थानेश्वर भुसालको जीवनरक्षार्थ ब्लड मनी संकलन अभियान अभियान सुरु गरिएको हो।

आप्रवासी कामदार हकहित संरक्षण मञ्चले संकलन गरेको दुई लाख चार हजार १८७ रुपैयाँको चेक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी मार्फत् पीडित भुसालकी आमा यमकला भुसाललाई हस्तान्तरण गरिको छ।

पीडित परिवारलाई चेक हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी मरासिनीले भुसालको जीवनरक्षाको लागि सबैले सहयोग गर्नुपर्ने बताए। आप्रवासी हकहित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष बलबहादुर थापाले अब थानेश्वर भुसाललाई नेपालमा ल्याउन धेरै दिन कुर्न नपर्ने विश्वास व्यक्त गरे।

२०६८ असोज ६ गते साउदी गएका थानेश्वर भुसाल २०६९ जेठ २६ गते दुर्घटनामा परेका थिए। उनले चलाएको टिपरलाई अर्को सवारी साधनले पछाडिबाट ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो। सोही घटनाको अभियोगमा पाँच वर्षदेखि भुसाल साउदीको जेलमा छन्।

प्रतिक्रिया दिनुहोस्