Logo

प्रदेश राजधानी माग गर्दै क्षेत्रीय प्रशासन कार्यालय धनकुटा घेराउ

प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउन सरकारसँग माग गर्दै आन्दोलित धनकुटावासीले पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा धर्ना दिएका छन् ।

आइतबार सदरमुकाम बन्द गराएका धनकुटावासीले राजधानी माग गर्दै सडकमा आन्दोलन गरेको १८ आँै दिन पुगेको छ । स्थानीय मदनचोकमा भेला भई उनीहरुले बजार परिक्रमा गरेर पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटा घेराउ र धर्ना दिएका छन् ।

चरणबद्ध आन्दोलनमा रहेका धनकुटा प्रदेशसभा (क)का सदस्य निरन राईको नेतृत्वमा मदनचोकबाट नाराजुलुससहित देबे्रबासस्थित पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पुगेर प्रवेशको प्रयास गरेका आन्दोलनकारीलाई ठूलो सङ्ख्यामा खटिएका सुरक्षाकर्मीले ढोकामै रोकेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्