Logo

क्षेत्रीय कार्यालयमा प्रदेश सरकारका बाेर्ड [फाेटाेफिचर]

७ नम्बर प्रदेशको प्रादेशिक राजधानी डोटी बनाउनु पर्ने माग गर्दै आएका आन्दोलनकारीले क्षेत्रीय कार्यालयहरुमा प्रदेशको मूख्य मन्त्री तथा मन्त्रालयका कार्यालयको बोर्ड झुण्डाएर उद्घाटन गरेका छन् ।

साविकको क्षेत्रिय सदरमुकाम दिपायलमा क्षेत्रिय कार्यालयमा मूख्य मन्त्री, मन्त्री परिषद्, अर्थ, शिक्षा, स्वास्थ्य कृषी मन्त्रालयको ब्यानर राखेर उद्घाटन गरेका हुन । सरकारले डोटीलाई प्रादेशिक राजधानी बनाउनका लागी तयार नभएमा सशक्त आन्दोलन गर्न र अलग्गै प्रदेश सरकार सञ्चालन गर्ने संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले बताए ।

आन्दोलनकारीले क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भबनमा मूख्य मन्त्रीको कार्यालय, क्षेत्रिय प्रशासन कार्यालयमा गृह मन्त्रालय, क्षेत्रिय कृषी निर्देशनालयलाई कृषी मन्त्रालय, क्षेत्रिय अनुगमन तथा सुपरिर्वेक्षण कार्यालयमा अर्थ मन्त्रालय र क्षेत्रिय शिक्षा निर्देशनालयको भबनमा शिक्षा मन्त्रालयमा बोर्ड टाँगिएको हो ।

राजधानीको आन्दोलनले उग्र रुपमा लिई रहेका बेला सरकार भने राजधानीका बिषयमा निर्णय लिन सकिरहेको छैन । दिपायलको पिपल्ला बजारमा बिरोध सभाका कार्यक्रम भैरहेको छ । आन्दोलन चर्किए पछि जिल्लाको सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

नयाँ पत्रिकाबाट

 

प्रतिक्रिया दिनुहोस्