Logo

राजधानी माग्नेलाइ प्रदेश प्रमुख सुब्बाले यसो भनेपछि

प्रदेश १ का प्रमुख डा. गोविन्द सुब्बाले आफ्नै जिल्लामा प्रदेशको राजधानी होस् भन्ने जनताको चाहनालाई अन्यथा भन्न नसकिने बताएका छन् । तर, केही दिन धैर्य गर्न आग्रह गरेका छन् ।

सरकारी आवासमा अनलाइनखबरसाग कुरा गर्दै सुब्बाले भने, ‘चाहना व्यक्त गर्नु पनि पर्छ । तर, आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्न भएन । हिंसात्मक घटना घटाउनेतिर लाग्नु हुँदैन ।’

अहिले तोकिएको राजधानी अस्थायी व्यवस्था मात्र गरिएको भन्दै उनले प्रदेशसभाले निर्णय गर्ने बताए । प्रदेश प्रमुख सुब्बाले भने, ‘अलिक दिन धर्य रहेर शान्तिपूर्ण तरिकाले आफ्नो मागलाई अगाडि बढाइराख्नु भए हुन्छ ।’

प्रदेश प्रमुखका लागि विराटगरस्थित सुनसरी मोरङ सिचाई आयोजनामा अवास दिइएको छ । उनलाई सेनाको एक टुकडीले सुरक्षा दिएको छ ।

नवनियुक्त प्रदेश प्रमुख सुब्बाले भोलि प्रदेशसभाका जेष्ठ सदस्यलाई सपथ गराउनेछन् । लगतै जेष्ठ सदस्यले अरु सदस्यहरुलाई सपथ दिलाउनेछन् ।

यो समाचारमा अनलाईन खबरमा छ ।

प्रतिक्रिया दिनुहोस्