Logo

प्रदेश ४ मा शपथग्रहण सुरु, ज्येष्ठ सदस्य जनकलालले लिए शपथ

प्रदेश नं ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालय बार्बी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले उनलाई शपथग्रहण गराएका हुन् ।

समारोहमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रदेश कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।

ज्येष्ठ सदस्य श्रेष्ठले आजै प्रदेश नं ४ का प्रदेश सभा सदस्यहरुलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्