Logo

प्रदेश नम्वर १ का सासंद्कको सपथ ग्रहणमा देखिएका तस्विर

प्रदेश नम्बर १ का नवनिर्वाचित प्रदेश सभा सांसदहरुको सपथ ग्रहण कार्यक्रम समारोहमा ९ जना पूर्व प्रधानमन्त्रीहरुको तस्वीर सजाइएको छ । साथै सपथ ग्रहण समारोहस्थलमा प्रदेश नम्बर १ को पहिचान झल्काउने सगरमाथादेखि भोजपुरे खुकुरीसम्मका तस्वीरहरु राखिएको छ ।

सपथ ग्रहणका तयार पारिएको मञ्चमा शाहीकालीन पूर्वप्रधानमन्त्री स्व. कीर्तिनिधि विष्टको समेत तस्वीर राखिएको छ । ‘१ नम्बर प्रदेशका विशिष्ट व्यक्तित्वहरु’ देखिएको तुलमा पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालादेखि केपी ओलीसम्मको तस्वीर समेटिएको छ ।

तस्वीरमा पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइराला, वीपी कोइराला, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, झलनाथ खनाल र केपी ओलीलाई समेटिएको छ । त्यसको छेउँमा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर राखिएको छ ।

सपथ ग्रहणस्थलमा प्रदेश ९ का पर्यर्टकीय एवं पहिचान झल्काउने ठाउँमा तस्वीरसमेत राखिएका छन् । सगरमाथादेखि अन्य हिमालहरु र भोजपुरे खुकुरी एवं बराहक्षेत्रका तस्वीरहरुले सपथ ग्रहणस्थल झकिझकाऊ पारिएको छ ।

यो समाचार अनलाईन खबरमा छ ।

 

प्रतिक्रिया दिनुहोस्