Logo

‘सत्रु गते’ को दोस्रो गीत, गीतमा पल र आँचलको मिलेको केमेष्ट्री (हेर्नुहोस् भिडियो)

आउदो चैत्र ९ गते सार्बजनिक प्रदर्शनको तयारिमा रहेको बहु प्रतिक्षित चलचित्र ‘सत्रु गते’ को पहिलो गीतको सफलतापछि अर्को गीत पनि सार्बजनिक गरिएको छ  । ‘पिरतिको बिर्को’ बोल गीतको भिडियोमा चर्चित जोडि पल शाह र आचल शर्मा फिचर भएका छन भने गीतलाई कालिप्रसाद बास्कोटाले गाएका छन् ।

मल्टी स्टार कलाकारहरुको गतिलो जमघट रहेको सत्रु गतेको यसअघि सार्बजनिक गीतले हालसम्म ६८ लाख भन्दा बढी भ्यु पाईसकेको छ भने सबैमाझ लोकप्रिय बनेसकेको छ । फिल्मका मुख्य कलाकारहरु दीपक राज गिरि र प्रीयंका कार्कि, हरीबंश आचार्य र दीपाश्री निरौला, पल शाह र आचल शर्माको जोडि को कम्मर मर्काई हेरिरहौ लाग्ने खालको छ । हेर्नुहोस् भिडियो :- 

मह संचारको प्रस्तुतिमा किरण केसिले निर्माण गरेको फिल्म सत्रु गते फिल्ममा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल शिवहरी पौड्याल लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

फिल्मका गीतहरुमा टंक बुढाथोकी र काली प्रसाद बास्कोटा को संगीत समावेश छ भने टंक र काली प्रसाद संगै मिना निरौलाको आवाज पनि फिल्मका गीतमा सुन्न सकिन्छ । प्रदीप भट्टराईको निर्देशन रहेको फिल्ममा हरिबंश आचार्यले कथा लेखेका हुन् । गीतहरुको भिडियोलाई कबिराज गहतराज र प्रबिन सिहले कोरियोग्राफी गरेका छन् भने दीपक राज गिरि, दीपा श्री निरौला, नरेन्द्र कँसकार, शिबहरी पौडेल, यसोधा श्रेष्ठ, रमिला आचार्यको संयुक्त लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्