Logo

गोपाल पराजुलीले ज्यानमार्ने धम्की दिए भन्दै अधिवक्ता सुरेन्द्र भण्डारी पुगे प्रशासनमा !

प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यानमार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले सुरक्षा माग्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन्।

डा। गोविन्द केसीको पक्षमा सर्वोच्चमा बहस गरेको आधारमा प्रतिशोध साँधी गोपाल पराजुलीले फोन गरेर धम्की दिएको भण्डारीले निवेदनमा उल्लेख गरेका छन्। सोही सन्दर्भमा मंगलबार २ बजे केही मानिस आफ्नो कार्यालयमा आएर समेत धम्की दिएको भण्डारीले बताएका छन्।

आफ्नो जिउ ज्यानलाई प्रधानन्यायाधीश पराजुलीबाट खतरा रहेको भन्दै उनले आफ्नो सुरक्षा र ज्यानमा तलमाथी भए उनलाई कारबाहीको लागि समेत माग गरेका छन्।

भण्डारीले दर्ता गराएको निवेदन

Advertisements
प्रतिक्रिया दिनुहोस्