Logo

भारतीय विदेशमन्त्री सुष्मा स्वराज त्येतिकै नेपाल आएकी होइनन्, लुकेका छन् यी सात कुरा

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिभिन्न राजनीति दालका नेताहरुसँग भेटर्वाता गरेकी छिन् । बिहीबार अपरान्ह काठमाडौँ आएकी स्वराजले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वराजसँग एक्लै भेटवार्ता गरेका छन् । ओली र स्वराजको एक्लाएक्लै भेटवार्तापछि एमाले नेताहरूसँग स्वराजको सामूहिक भेट भएको थियो । स्वराजले हिजो राति एमाले नेताहरूसँग सामूहिक रात्रीभोज पनि गरेकी थिइन् ।

निम्तो बिना नै भ्रमण

भारतीय विदेशमन्त्री स्वराज नेपाल सरकारको आधिकारिक निम्तो बिना नै काठमाडौँ आइपुगेकी हन् । भारतीय विदेश मन्त्री बिना कुनै निमन्त्रणा नेपाल आएको सम्भवतः यो पहिलो हो । निमन्त्रणा नहुँदा पनि कुनै राजनीतिक मिसन हुन्छ। त्यही मिसन अन्तरगत स्वराज काठमाडौँ आइपुगेकी हुन् ।

अपर्झट भ्रमण

स्वराजको यो अपर्झट नेपाल भ्रमण हो । भारतीय विदेश मन्त्रालयले स्वराज काठमाडौँ आउने जनाएको तेस्रो दिनमा उनी काठमाडौँ आइपुगेकी हुन् । उनी नेपाल आउन लागेको भन्दै भारतीय विदेश मन्त्रालयले सोमबार औपचारिक जानकारी दिएको थियो। नेपाली पक्षले बुधबार मात्र जानकारी सार्वजनिक गरेको हो।

सशक्त टिम/ स्पष्ट एजेण्डा

राजनीतिक भ्रमण भनिए पनि भारतीय विदेश मन्त्रालयको सशक्त ‘टिम’ स्वराजसँगै काठमाडौंमा आएको छ । विदेश सचिव, विदेश मन्त्रालयका प्रवक्ता, नेपाल डेक्स हेर्ने अधिकारीहरु पत्रकारसहित नेपाल आइपुगेका छन्।

एमालेको भोज

बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वराजसँग ‘वान टु वान’ भेट गरेका थिए । ओली र स्वराजको एक्लाएक्लै भेटवार्तापछि एमाले नेताहरूसँग स्वराजको सामूहिक भेट भएको थियो ।

स्वराजले हिजो राति एमाले नेताहरूसँग सामूहिक रात्रीभोज पनि गरेकी थिइन् । यसरी भारतीय विदेशमन्त्री स्वराजले एमाले अध्यक्ष ओलीलाई भेटेर राजनीतिक भेटवार्ताको सुरुवात गर्नु आफैमा नयाँ तरंग हो ।

प्राथमिकतामा छैनन् देउवा

भारतीय विदेशमन्त्री स्वराजले अन्तिम भेट परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग गर्दैछिन् । शुक्रबार विदेश फर्कनुअघि उनले देउवालाई भेट्न लागेकी हुन् । अर्थात, देउवासँगको भेट औपचारिकताका लागि मात्रै हो । त्यसैले पनि देउवा अहिले भारतीय प्राथमिकतामा छैनन् भन्ने देखाएको छ ।

ओली पहिल्यै जानकार थिए

भारतीय विदेशमन्त्री नेपाल आउने विषयमा एमाले अध्यक्ष ओली यसअघि नै जानकार रहेको ओली निकट नेताहरुले बताइसकेका छन् । माघ ७ गते मोदीले दोस्रोपटक फोन गरेका थिए । सोही दिन भएको टेलिफोन संवाद अनुसार मोदीले आफ्नी विश्वासपात्र स्वराजलाई नेपाल भ्रमण पठाएका हुन् । स्वराजको भ्रमणका लागि ओलीका तर्फबाट एमाले नेता विष्णु रिमालले समन्वय गरे। मोदीका तर्फबाट भारतीय राजदूत मञ्जिब सिंह पुरीले समन्वय गरे । तर, सरकारी निकाय यो बारेमा बेखर नै रह्यो ।

एक्ला एक्लै भेटवार्ता

स्वराजले पार्टीका ठुला ठुला नेतासँग एक्ला एक्ले भेटवार्ता गरेकी छिन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले स्वराजसँग सोल्टि होटलमा एक्लै भेटवार्ता गरेका थिए। बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सोही होटलमा स्वराजसँग ‘वान टु वान’ भेट गरेका थिए । र आज बिहान संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि एक्लैटी भेट गरेका छन् ।

Advertisements
प्रतिक्रिया दिनुहोस्