Logo

श्रीलंकालाई भारतले ६ विकेटले हरायो, चम्किए शार्दुल

फागुन २९ – श्रीलंकामा भैरहेको टी–ट्वेन्टी त्रिकोणात्मक श्रृङ्खलाको चौथो खेलमा भारतले श्रीलंकालाई ६ विकेटले हराएको छ । 

टस जितेर पहिले भारतले फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंककाले १९ ओभरमा ९ विकेट गुमाउँदै १५२ रनको बनाएको थियो ।
१५३ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ४ विकेट गुमाउँदै १७ ओभर ३ बलमा नै जित हासिल गर्यो । सुरुमै कप्तान रोहित शर्मा र शिखर धवनलाई गुमाएको भारतललाई नटआउट रहँदै मनिष पान्डे (४२) र दिनेश कार्तिक (३९) ले सहजै जितको बाटोमा पुर्याए ।

रोहित शर्मा ११ रनमै धनन्जयको बलमा क्याचअआउट भएका थिए । त्यसपछि सुरेश रैना र केएल राहुलले भारतीय पारी सम्हाल्न खोजे पनि लामो समय टिक्न सकेनन् । सुरेश रैना २७ रन र राहुल १८ रन बनाएर आउट भए । 

श्रीलंकामा भैरहेको यो त्रिकोणीय श्रृङ्खलामा भारतको यो दोस्रो जित हो । पहिलो खेल श्रीलंकासँगै हारेको भारतले दोस्रो खेलमा भने बंगलादेशलाई हराएको थियो ।
श्रीलंकाका लागि मेन्डिसले सर्वाधिक ५५रन, उपल थरंगाले २२ रन तथा गुणतलिकाले १७ रनको योगदान दिए ।

भारतका लागि शार्दुल ठाकुरले उत्कृष्ट बलिङ गरे । उनले २७ रन दिएर चार विकेट लिए । उत्कृष्ट बलिङ गरेका ठाकुर म्यान अफ् द म्याच पनि घोषित भए ।

Advertisements
प्रतिक्रिया दिनुहोस्