Logo

छविको फिल्मलाई रेखाको प्रशंसा

काठमाडौं – अभिनेत्री रेखा थापाले हालै प्रदर्शनमा रहेको छवि ओझा निर्मित फिल्म मंगलको तारीफ गरेकि छन् । रेखा थापा र छविराज ओझा पूर्व पतिपत्नी हुन् तरपनि उनीहरु एकअर्का बिच सुमधुर सम्बन्ध रहेको भन्दै एकअर्काको फिल्मी यात्रालाई सहयोग गरीरहेका छन् ।

गत आइतबार छविले निर्माण गरेको ‘मंगलम’ हेर्न रेखा बिगमुभिजमा उपस्थित भएपछि दुवैको सम्बन्ध सुमधुर भएको अनुमान गरीएको छ । फिल्म हेर्न आएकी रेखाले पूर्वपति छविसँग फोटोमात्र खिचाइनन्, फिल्मको खुलेर पनि तारिफ गरिन्।

‘पारिवारिक फिल्म बनाउने छविको पुरानो विशेषता हो त्यो मंगलमसम्म पनि निरन्तर छ । फिल्ममा पुष्प र शिल्पाको अभिनय उच्चकोटीको छ । निर्माताको रुपमा पनि छविले खर्च गर्न कुनै कन्जुस्याँई गरेका छैनन्,’ रेखाले भनिन्, ‘निर्देशक नवल नेपालको पनि काम गरेका छन्।’

पति पत्नीको सम्बन्धमा बनेको फिल्मले प्रेस शोमा तारिफ पाएको थियो ।

Advertisements
प्रतिक्रिया दिनुहोस्