Logo

कसरी भयो कहालीलाग्दो दुर्घटना ?

४९ जनाको मृत्यु हुने गरि सोमबार भएको बिमान दुर्घटनाको कारणहरुको खोजी हुन थालेको छ । त्रिभूवन विमानस्थलको इतिहासमा नै भएको कहालीलाग्दो दुर्घटनाको पछि अहिले पाइलटको नै दोष रहेको अनुमानहरु गरिन थालेका छन् र केही प्रमाणहरु पनि सार्वजनिक भइसकेका छन् । विमानको सबभन्दा ठूलो जोखिमपूर्ण क्षण नै अवतरण र उडानको समयलाई मान्ने गरिन्छ । अवतरणको क्रममा नै युएस बंगलाको विमान दुर्घटना हुँदा पनि टावरको निर्देशन नमानेको प्रमाणहरु सार्वजनिक भएका छन् ।

विमान दुर्घटना भएको केहि बेरमै कन्ट्रोल रुम र पाइलटबीच भएको सम्वाद सार्वजनिक भयो । जुन संवादमा कन्ट्रोलरुमको अधिकारीबीच पटक—पटक भएको कुराकानी सुनिन्छ । उक्त संवादमा जिरो टु र टु जिरो ले ठूलो भुमिका खेलेको सुनियो । टु जिरो भनेको कोटेश्वरतर्फबाट विमान अवतरण गर्नु पर्ने र जिरो भनेको विपरित दिशाबाट ल्याण्डिङ गर्नु । कन्ट्रोल रुमले युएस बंगला टुवानलाई भने म फेरि भन्छु, रन वे २ जिरो तिर नजानुस् । अहिले जुन पोसिजनमा छ, त्यहीँ रहनुस् ।

लगत्तै पाइलटले दायाँ फन्को लिँदै रन वे ०२ तर्फ ल्याण्डिङ गर्ने प्रयास गरे । रन वे जिरो टू र टू जिरो दुबै उपलब्ध छ । कुनमा गर्ने ? प्रश्नमा पाइलटले हामी टू जिरोमा अवतरण गर्न चाहन्छौं । र प्रयासमा लागे । केहीबेर सम्वाद सुनिँदैन र एक्कासि कन्ट्रोलले चेतावनी दिन्छ । एयर बंगला म फेरि भन्छु, त्यसो नगर्नुस् ।

यी नै संवादलाई आधार मान्ने हो भने पाइलट जिरो २ र २ जिरोमा अल्मलिएको सिनियर पाइलट वाइ के भट्टराईको ठम्याई छ ।

कन्ट्रोलको निर्देशनमा होल्डमा रहेका विमानहरुलाई एयरपोर्ट बन्द रहेको भन्दै लखनउ वा बनारस जान भनेसंगै बंगला विमानको टावरसँग सम्वाद टुङगिन्छ । यो संवाद टुंगिएको झण्डै १२ मिनेटपछि कन्ट्रोल रुमले विमान दुर्घटनामा परेको जानकारी पाउँछ । संवादको आधारमा पाइलट दोषी देखिए पनि छानविन कमिटीले यथार्थ जानकारी ल्याउने आशा भने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्