Logo

बंगलादेशका विभिन्न मेडिकल कलेजमा अध्ययनरत मेडिकल विद्यार्थीको दीप प्रज्वलन

युएस बाङ्ला एयरलाइन्सको विमान अवतरणका क्रममा सोमबार दुर्घटना हुँदा ५१ यात्रुको मृत्यु भएको थियो। जसमध्ये बंगलादेशमा एमबिबिएस अध्ययन गरेर फर्किरहेका १२ जना पनि थिए। बंगलादेशको राजधानी ढाकाबाट उडेको विमानमा चालक दलका चार सदस्यसहित ७१ जना सवार थिए। घाइते २१ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 
घाइतेमध्ये बंगलादेशमा एमबिबिएस अध्ययन गरेर फर्केका २ विद्यार्थी पनि छन्। उनीहरुको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका १२ मेडिकल विद्यार्थीसहित सबै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बंगलादेशमा दीप प्रज्वलन गरिएको छ। मृतकहरुको आत्मशान्तिको कामना गर्दै बंगलादेशका विभिन्न मेडिकल कलेजमा अध्ययनरत मेडिकल विद्यार्थीले दीप प्रज्वलन गरेका छन् !
   
प्रतिक्रिया दिनुहोस्