Logo

धनुषाको भिमानमा बम विस्फोट : कसले र किन राखेको हो भन्ने विषयमा अनुसन्धान जारी

धनुषाको भिमानमा बम विस्फोट : एक घाइते

जनकपुरधाम : धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ९ स्थित भिमानमा बम विस्फोट हुँदा एक महिला घाइते भएकी छन् । पूर्वी पृतना आर्मी ब्यारेक भिमानबाट दुई सय मिटर दक्षिण पूुर्वमा रहेको छिरिङ्ग लामाको घर नजिकै रहेको आँपको बगैंचामा नाइलनको झोला भित्र रहेको बम विस्फोट भएको हो ।

कालो प्लाष्टिकको झोलामा राखेको परागको बट्टालाई शंका लागेर खेतमा फाल्ने क्रममा बट्टाभित्र रहेको विस्फोटक पदार्थ विस्फोट भएको हो । विस्फोटमा परी लामाकी श्रीमती तिर्थी माया तामाङ्ग सामान्य घाइते छिन् । उनको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

घटनास्थलमा पुगेका सिंहले विस्फोटक कसले र किन राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्