Logo

प्रदेश ५ को स्थितिपत्र : खाद्यान्न र तेलहनमा पहिलो, उर्जामा कमजोर

प्रदेश सरकारले प्रदेश नंं ५ को समग्र अवस्था समेटिएको स्थितिपत्र ल्याएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार प्रदेशसभा बैठकले १८ पृष्ठ लामो स्थितिपत्र प्रस्तुत गरेका हुन् ।

खाद्यान्न र तेलहन उत्पादनका हिसाबले प्रदेश ५ सबैभन्दा अगाडि र उर्जा उत्पादनमा छैठौं स्थानमा रहेको छ । अन्य सूचकांकमा अधिकांशमा चौथो स्थानमा छ ।

‘राष्ट्रिय औषतको हिसाबले तुलना गर्दा कतिपय क्षेत्रमा भने यो प्रदेश धेरै पछाडि छ’ स्थिति पत्रमा भनिएको छ, केही सीमित क्षेत्रमा बाहेक यस प्रदेशको स्थान समग्रतामा चौथो स्थानमा छ ।’

प्रदेशभित्र पनि अन्तरजिल्लागत विभेद र असमानता ज्यादै उच्च देखिएको प्रदेश सरकारले बताएको छ ।

‘स्थिति पत्र’मा प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक लगायतका क्षेत्रको अवस्था उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्