Logo

गुल्मीमा भीरबाट लडेर एक युवाको मृत्यु, चट्याङ लागेर ४ जना घाइते

Image result for गुल्मी

गुल्मीमा भीरबाट लडेर एक जना युवाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर २ नेटा दुनाम निवासी ३३ वर्षीय दिपक विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए ।

विक सोमबार राति छिमेकीको कुलपुजामा गएर घर फर्किने क्रममा पहिरोमा लडेका थिए । उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।त्यस्तै सोमबार साँझ परेको चट्याङबाट ४ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका ४ लिम्घाका हेमबहादुर बिकको घरमा परेको चट्याङ लागेर ४ जना घाइते भएको प्रहरी निरिक्षक चौधरीले बताए । घाइतेहरुको अबस्था समान्य रहेको छ ।

नयाँ पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस्