Logo

बिकास बोर्ड अध्यक्षमा राजेशले रोजे दयाराम, भुवनलाई गरेनन् सपोर्ट

नायक राजेश हमालले चलचित्र बिकास बोर्डमा सदस्य भएको मान्छे होस् भन्ने इच्छा व्यक्त गरेका छन् । आइतबार ‘निफ’ फेस्टिभलमा उनले उक्त कुरा बोलेका हुन् ।

चलचित्र बिकास बोर्ड अध्यक्षमा राजेश हमाल, भुवन केसी र दयाराम दाहालको कुरा आइरहेको थियो । तर, राजेशले आफूलाई अध्यक्ष बन्न कुनै रुचि नभएको बताउँदै आएका छन् । उनले निफमा पनि उक्त कुरा बोले । आफूलाई अहिले नै कुनै रुचि नभएको बोले ।

आफूलाई रुचि नभएको बोलेपछि राजेशले बिकास बोर्डमा अध्यक्षको लागि चलचित्र बिकास बोर्डमा सदस्य बनिसकेको व्यक्तिलाई बनाउन उपयुक्त हुने बोलेका छन् । उनले भने, ‘चलचित्र क्षेत्रलाई बुझेको मान्छेलाई चलचित्र क्षेत्रको अध्यक्ष बनाउनु पर्छ । अझ, चलचित्र बिकास बोर्डका तत्कालिन अध्यक्ष केशव भट्टराईसँग काम गरिसकेको व्यक्तिलाई अध्यक्ष बनाउने हो भने राम्रो होला ।’

उनको कुराले चलचित्र बिकास बोर्डमा दयाराम दाहाल आओस् भन्नेमा छ । किनभने चलचित्र बिकास बोर्डमा अध्यक्ष भएर काम गरेका दयाराम नै हुन् । उनले केशव भट्टराईसँग नै सदस्य भएर काम गरेका छन् । राजेशले नाम नबोले पनि दयारामलाई अध्यक्ष भएको हेर्ने रुचि राखे ।

राजेशले भनेका थिए, ‘यदि सदस्य भएर काम गरेको व्यक्तिलाई अध्यक्ष बनाइयो भने केशवजीले सोच्नु भएको कामहरुलाई पनि बुझ्नुभएको हुन्छ । अनि काम गर्न पनि सजिलो हुन्छ । त्यसैले सदस्यलाई नै रोजौँ ।’

तत्कालिन अध्यक्ष केशव भट्टराईको असमायिक निधनपछि रिक्त बिकास बोर्डमा को अध्यक्ष आउने हो भन्ने धेरैको चासो रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने राजेश आफैँलाई रोजेका छन् । राजेशले इच्छा देखाएको खण्डमा उनी हुनेथिए । तर, उनले आफू पछि हटेर दयारामलाई अगाडि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्