Logo

संसारमा रहेनन कोरोनाभाइरस संक्रमणमितको उपचार मा दिन रात काम गरेका डाक्टर लिउ झिमिङ !

डाक्टर लिउ झिमिङ वुहानमा अस्पतालका निर्देशक थिए। संसारभर त्रास फैलाएको कोरोनाभाइरस चीनको यही सहरबाट सुरू भएको हो। कोरोनाभाइरस सुरू भएपछि उनी निर्देशक रहेको वुहान वुचाङ अस्पतालले उपचार प्रक्रियाको नेतृत्व गरेको थियो। अस्पतालमा खट्दाखट्दा डाक्टर लिउ आफैं बि’रामी परे।


उपचारको क्रममा मंगलबार उनको मृ’त्यु भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ। यसअघि उक्त भाइरसका कारण डाक्टर ली वेनलियाङको मृ’त्यु भएको थियो।ली तिनै व्यक्ति थिए जसले कोरोनाभाइरसको म’हामारीबारे पहिलो पटक चे’तावनी दिएका थिए।

साथीहरूसँग त्यस्तो चे’तावनीबारे कुरा गरेको भनेर उनलाई प्रहरीले नियन्त्रणमा लिएर ह’प्काइदप्काइ गरेको थियो। पछि उनी बि’रामीको उपचारमा ख’टिएका बेला भाइरसको संक्रमणमा परेका थिए।

उनको मृत्युपछि लाखौं चिनियाँले शोक व्यक्त गरेका थिए।कोरोना भाइरसबाट सोमबारसम्म १ हजार ८ सय ७३ जनाले ज्या’न गु’माएका छन् भने ७३ हजार ४ सय ३३ जना सं’क्रमित भएका छन्।’

प्रतिक्रिया दिनुहोस्