Logo

संसारकै ‘सुपर हट’ मम्मी, आमा र छोरी छुट्याउनै मुस्किल ! (फोटो फिचर)

मानिसहरु छोरीलाई तिमी त आफ्नी आमाजस्तै देखिन्छ्यौ भनेको त हामीले धेरै पटक सुनेका छौं तर इन्स्टाग्राम इन्फ्लुएन्सर जेलिन डियाजलाई देख्दा भने मानिसहरु भन्छन् – उनी त आफ्नी छोरीजस्तै देखिन्छिन् । जोलिन र उनकी छोरी मिलानी पार्कको उमेरमा २४ वर्षको फरक छ तर उनीहरुलाई साथमा देख्दा कसैले पनि यो कुरा पत्याउँदैनन् । जोलिन र मिलानीलाई साथमा देख्दा मानिसहरु उनीहरुलाई दिदीबहिनी भन्छन् ।

४३ वर्षकी जोलिन लाई यो कुरा छोरीलाई नराम्रो लाग्छ भन्ने लाग्दैन । १९ वर्षकी मिलानीका अनुसार यी कुरा सुन्ने उनलाई बानी भइसकेको छ ।

 

क्यालिफोर्नियामा बस्ने जोलिनलाई देख्दा उनको उमेर अनुमान गर्नै सकिँदैन तर उनी आफू आमा भएको जिम्मेवारी भने राम्रोसँग निभाइरहेकी छिन् । जोलिन शिक्षिका हुन् र उनी सिंगल मदर हुन् । १३ वर्ष पहिले उनको सम्बन्धविच्छेद भएको थियो । तैपनि उनको पतिसँग राम्रो मित्रता छ ।

प्रतिक्रिया दिनुहोस्