Logo

कोरोना भाइरसकै संक्रमणबाट वुहान अस्पतालका निर्देशकको पनि नि,धन ! सेयर गरौ

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित चीनको वुहान शहरमा रहेको अस्पतालका निर्देशक आफैं महामारीको शिकार भएका छन् । चीनको सरकारी टेलिभिजनका अनुसार वुहानको वुचाङ अस्पतालका निर्देशक लिउ झिमिङको मृत्यु भएको हो । उनको स्थानीय समयअनुसार मंगलबार साढे १० बजे कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको हो ।

उनको मृत्युको खबर सार्वजनिक हुनुअगावै चीनका सामाजिक सञ्जालमा उनको अवस्थालाई लिएर हल्लाखल्ला फैलिएको थियो । वुहान शहर रहेको हुबेई प्रान्तमा स्वास्थ्य विभाग अन्तर्गत सत्तारुढ कम्युनिस्ट पार्टीको प्रोपागाण्डा विभागले सोमबार अबेर नै लिउको मृत्यु भइसकेको जनाएको थियो ।

त्यसलगत्तै सार्वजनिक अर्को सूचनामा लिउको परिवारका अनुसार उनी जीवितै रहेको र चिकित्सकहरुले उनको उपचार गर्न सक्दो प्रयास गरिरहेको उल्लेख गरिएको थियो ।

चिनियाँ सञ्चारमाध्यमले आधिकारिक रुपमा उनको मंगलबार बिहान मात्रै मृत्यु भएको खुलासा गरेका हुन् ।यसअघि कोरोना भाइरसबारे सर्वप्रथम जानकारी दिने नेत्ररोग विशेषज्ञ डा. ली वेनलियाङको यही महिनाको शुरुमा कोरोना भाइरसकै कारण मृत्यु भएपछि आक्रोशसहित लाखौं मानिसले श्रद्धाञ्जली व्यक्त गरेका थिए । चीनमा हालसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १८ सय नाघिसकेको छ भने अरु हजारौं मानिस यसबाट संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्