Logo

लालबाबु रावतद्वारा बाढीबाट मृत्यु भएका मृतकका परिवारलाई जनही ५० हजार रुपैयांँ दिने घोषणा

बाढीका कारण मृत्यु भएका मृतकका परिवारलाई प्रदेश २ को सरकारले जनही ५० हजार रुपैयांँ दिने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतले बुधबार पत्रकारसँगको भेटघाटका क्रममा यस्तो घोषणा गरेका हुन् ।

बाढीका कारण हालसम्म मृत्यु भएका र आगामी दिनमा पनि कसैको मृत्यु भएमा राहत स्वरूप प्रदेश सरकारले सो रकम उपलब्ध गराउने मुख्यमन्त्री रावतले जानकारी दिए ।

प्रदेशभित्रको क्षतिको विवरण संकलन गरेर राहत कार्यक्रम सञ्चालन गर्ने तयारीमा सरकार लागेको रावतले बताए । केही दिने देखिको अविरल वर्षाका कारण आएको बाढीले हालसम्म प्रदेश २ मा तीन जनाको मृतयु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्