Logo

नेपाल लाई खुशिको खवर भारत बाट आयो २ अर्ब भन्दा बढि रकम

भारतले भूकम्प पछिको पुनर्निर्माणका लागि नेपाललाई २ अर्ब १० करोड ४३ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको छ ।सिंहदरबारस्थित अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा भारतीय राजदुत मञ्जिभसिंह पुरीले अर्थ सचिव राजन खनाललाई २ अर्ब १० करोड ४३ लाख नेपाली रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

भूकम्प गएपछि पुनर्निर्माणका लागि नेपालले आर्थिक संकलन गर्न गरिएको दाता सम्मेलनमा भारतले गरेको प्रतिवद्धता अनुसार पहिलो चरणमा सो रकम उपलब्ध गराएको हो ।उक्त रकम गोरखा र नुवाकोटमा भुकम्प प्रभावितका लागि ४२ हजार ८६ वटा निजी घर निर्माणमा प्रयोग गरिने अर्थमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्