Logo

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह दम्पतीलाई पुत्रीलाभ भएको छ।

काठमाडौं, भदौ १७ । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा चार वटा सवारी साधन एकापसमा ठोक्किदा १४ जना घाईते भएका छन् । आइतबार बिहान बा ३ ख ४८४८ नम्बरको मूलपानी–रत्नपार्क चल्ने बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट घाइतेहरूमध्ये ८ जना पुरूषको मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ चार महिला र दुई जना पुरूषको सिभिल अस्पतालमा उपचार भइरहेको कोटेश्वर प्रहरी प्रमुख अच्युत गिरीले जानकारी दिए । घाइतेमध्ये तीन जनाको अवसथा गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्