Logo

भैरहवाबाट उडेको जहाज आपतकालीन अवतरण

काठमाडौं- धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाईन्सको जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको छ ।दुई बच्चा सहित ७७ जना यात्रु लिएर बिहान ७ ः१२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज मौसमका खराबका कारण काठमाडौंमा अवतरण हुन नसकेपछि भैरहावामा आपतकालिन अवतरण गरेको हो ।

अढाई घण्टासम्म आकाशमा उडेको श्री एयरको जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि फर्केर ९ः ३४ भैरहवामा आपतकालीन अवतरण गरिएको श्री एयरका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीले बताए । शाहीका अनुसार काठमाडौंको आकाश खुलेपछि धनगढीबाट जहाज उडेको थियो ।
तर काठमाडौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज काठमाडौंको आकाशमा होल्ड गरेको र अन्तिममा भैरहवामा अवतरण गरिएको हो ।

अढाई घण्टासम्म जहाज सम्पर्क बिहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्तहरु आत्तिकएका थिए । ५० मिनेटमा काठमाडौंमा अवतरण हुनुपर्ने जहाजले काठमाडौंको आकाशमा डेढ घण्टा फन्को लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्