Logo

आलिया र रणबीरबीचको सम्बन्ध कहा पुग्यो त ? पुरा पढ्नुहोस !

बलिउड अभिनेत्री आलिया भट्टले आफू कुनै पनि अफवाहप्रति ध्यान नदिने बताएकी छिन । आलियाको निजी जीवन रणबीर कपुरसँगको सम्बन्धलाई लिएर निकै चर्चामा छ । यो विषयमा सोमबार आलियाले पत्रकारसँग कुरा गरिन् ।

पत्रकारले आलियालाई रणबीरसँग विवाह गर्दै हुनुहुन्छ ? भनेर सोधका थिए । जवाफमा आलियाले भनिन्, ‘जतिबेलासम्म तपाइँ मेरो बाथरुममा पस्नु हुन्न त्यति बेलासम्म ठिक छ ।

यदि कसैले मेरा बारेमा कुरा गरिरहेका छैनन भने म लोकप्रिय छैन भनेर बुझ्नु पर्र्यो । यदि मानिसहरुले मेरो कुरा गरिरहेका छन् भने म लोकप्रिय रैछु भनेर सोच्नुपर्यो । म पेशेवर र निजीस्तरमा एकदम खुशी छु।’

पत्रकारले अलियालाई अर्को पश्न सोधे–तपाइँ अरु कसैसँग डेट गरिरहनु भएको छ ? जवाफमा आलियाले भनिन्, ‘जहिलेसम्म तपाइँ एक कलाकार हुनुहुन्छ, तपाइँको काम अभिनय गर्ने हो ।

जब तपाइँ क्यामरा अगाडि हुनुहुन्छ भने तपाइँ कोसँग डेट गर्दै हुनुहुन्छ भन्ने कुराको कुनै अर्थ हुँदैन ।’ अलिया अभिनेता रणबीर कपुरसँग फिल्म ‘ब्रम्हास्त्र’ मा काम गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्