Logo

पोहोर मरिन सासु, अहिले आयो आँसु : प्रधानमन्त्रीको व्यंग्य !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी संहितालाई लिएर सरकारको आलोचना गर्नु ‘पोहोर मरिन सासु, अहिले आयो आँसु’ भने जस्तै भएको बताएका छन् ।

सोमबार संसदलाई सम्बोधन गर्दै ओलीले मुलुकी संहितामा कुनै कमजोरी भए सच्याउन सरकार तयार रहेको बताए । तर, अघिल्लो वर्ष नै संसदले पास गरेर राष्ट्रपतिबाट प्रमाणित भएको कानूनलाई लिएर सरकारको ओलाचना गर्नु नसुहाउने उनले बताए ।

कांग्रेसको नाम नलिइ उनले आफ्नो नेतृत्वमा कानून बनेकोमा गर्व गर्ने र त्रुटिपूर्ण रहेको भन्दै सरकारलाई आरोप लगााएको बताए । उनले भने, ‘यस्ता विषयमा किन राजनीति गर्ने रु भुलचुक छ भने यो सदनले गरेको हो । हामीले गरेको हो । सच्याउन सकिन्छ ।’

पोहोर बन्यो ऐन । पोहोर लाग्यो लापमोहन । चुपचाप निरो सुते झै सुतिरहे । अहिले जारी हुने बेलामा सरकारको अनुहार हेरेर यो त सहन सकिँदैन । पोहोर मरिन सासु, अहिले आयो आँसु धरधरी १’

बनाउने अगुवाई जसले गरेको भए पनि, जसको सरकार भए पनि आरोपित नगर्ने भन्दै उनले कमजोरी भए सच्याउन सकिने बताए । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘सदनबाट पारित भएको कानूनको सम्मान गर्छु । कमकमजोरी भए सच्याऊँ ।’

प्रतिक्रिया दिनुहोस्