Logo

पूर्वयुवराज पारसको ध्यान अब राजनीतिमा

पारसले राप्रपाका तीनवटै दलका युवा पुस्ताका नेता सगँ गोप्य छलफल गरेको खुलासा भएको छ । विभिन्न टुक्रामा रहेका राप्रपाले गत निर्वाचनमा नराम्रो पराजय व्यहोरेपछि एकताको दबाब छ । तर, शीर्ष नेताहरूका व्यक्तिगत टकरावका कारण एकता प्रयासले पूर्णता पाउन सकेको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।यस्तोमा पारसले तीनवटै दलका युवा पुस्ताका नेतालाई बोलाएर गोप्य छलफल गरेका हुन् ।

त्यसो त पूर्वराजा ज्ञानेन्द्र शाहले ४ चैतमा झापामा तीनवटै राप्रपाका नेतालाई बोलाएर पार्टी एकीकरण निष्कर्षमा पु९याउन र बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न सुझाब दिएका थिए ।त्यसको ५ महिनापछि छोरा पारसले पनि एकताको प्रगतिबारे जिज्ञासा राखेका छन् । बिहीबारको छलफलपछि पारस चाँडै देश दौडाहामा निस्कने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्