Logo

भारतीय विपक्ष दलका नेता राहूल गान्धी किन आए नेपाल ?

विपक्षी दल कांग्रेसका अध्यक्ष नेपाल आएका छन् । भारतका विपक्षी दल कांग्रेसका अध्यक्ष राहूल गान्धी आज काठमाडौं आइपुगेका छन् । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमै रहेका बेला उनी अध्यक्ष गान्धी आएका हुन् । तिब्बतको कैलाश मानसरोवरको यात्रामा जानेक्रममा उनी काठमाडौं आइपुगेका हुन् । गान्धीको काठमाडौं हुँदै मानसरोवर जाने कार्यक्रम रहेको छ । उनी १२ सेप्टेम्बरमा दिल्ली फर्कने छन् ।

पछिल्लो समय भारतीय जनता पार्टी भाजपा ले गान्धीलाई ‘हिन्दु विरोधी’ का रुपमा चित्रण गर्न थालेपछि गान्धीले आफूलाई हिन्दुविरोधी नभएर ‘शिवभक्त’ भएको दावी गर्दै आएका बताइन्छ । उनको कैलाश मानसरोवर जाने निर्णयलाई पनि भाजपाको त्यही आरोपको जवाफका रुपमा समेत हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्