Logo

भारतीय मिडियामा नेपालको एक निर्णयले रुवाबासी ! यस्तो छ कारण

भारतीय मिडियामा नेपालको एउटा निर्णयले रुवाबासी चलेको छ । भारतका ठूला मिडियाले यसलाई भारतको लागि ठूलो चिन्ताको विषय भएको टिप्पणी गरेका छन् । समाचारमा नेपालको यो निर्णयले नेपालमाथि भारतको पकड कमजोर बन्दै गएको र चीनको प्रभाव बढिरहेको भन्दै यो भारतको लागि चिन्ताजनक भएको उल्लेख छ ।

नेपालले भारतमा हुने बिमस्टेकको संयुक्त युद्धअभ्यासमा सहभागी हुन अस्वीकार गरेको थियो । बिमस्टेक देशहरुको संयुक्त युद्धाभ्यास हिजोदेखि सुरु भएको छ । भारतका मिडियाहरु हिन्दुस्तान टाइम्स, टाइम्स अफ इण्डिया, दैनिक भाष्कर, दैनिक जागरण, अमर उजाला, नवभारत टाइम्स, आज तक लगायतका अधिकांश मिडियाले यसलाई भारतको असफलताको रुपमा चित्रण गरेका छन् ।

नेपालले भने भारतमा हुने युद्धाभ्यास छोडेर चीनसँग संयुक्त युद्धाभ्यास गर्ने निर्णय गरेको छ । सगरमाथा फ्रेण्डशिप–२ को यो युद्धअभ्यास १७ देखि २८ सेप्टेम्बरसम्म चीनको चेंगदुमा हुनेछ । नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार यो युद्धअभ्यासको उद्देश्य आतंकवादको रोकथामलाई बलियो बनाउनु हुनेछ । भारतमा हुने संयुक्त युद्धअभ्यासका विषयमा विरोध भएपछि नेपालले यो युद्ध अभ्यासमा सहभागी नहुने निर्णय गरेको थियो ।

भारतीय मिडियाले नेपालले हतारमा यो निर्णय गरेको भन्दै यसले नेपाललाई नै नोक्सानी हुने भनेका छन् । दैनिक भाष्करले आफ्ना पूर्व विदेश सचिव कंवल सिब्बलको हवाला दिँदै नेपाललाई धम्कीपूर्ण भाषामा लेखेको छ ‘नेपाललाई यो गल्तीको महसुस तब हुनेछ जब भविष्यमा ऊ संकटमा हुनेछ ।’ उसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीननिकट भन्दै यसले सार्क शिखर सम्मेलनसमेत पव्रभावित हुनसक्ने भनेको छ ।

हेर्नुहोस् अन्य भारतीय मिडियाले के के लेखे –

प्रतिक्रिया दिनुहोस्